दुबईकी राजकुमारी शिखा मह्राद्वारा डिभोर्सको घोषणा ?

काठमाडौं । दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जालमार्फत आफ्ना पति शेख मनासँग सम्बन्ध विच्छेद (डिभोर्स) को घोषणा गरेकी छन्। यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा पतिलाई सम्बोधन गर्दै डिभोर्सको घोषणा गरेकी हुन्। उनले लेखेकी छन्, प्रिय श्रीमान्, तपाईं अन्य साथीसँग व्यस्त हुनुहुन्छ यसैले म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु। म तपाईंलाई डिभोर्स दिन्छु। म तपाईंलाई डिभोर्स दिन्छु। म तपाईंलाई डिभोर्स दिन्छु। आफ्नो ख्याल राख्नु। तपाईंकी पूर्वपत्नी।

छोरी जन्माएको दुई महिनापछि शिखाले सम्बन्ध विच्छेद गरेकी हुन्। यसपछि दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् भने प्रोफाइलबाट एकअर्काका सबै तस्बिर हटाएका छन्। कतिपयले यो जोडीले एकअर्कालाई ब्लक गरेको अनुमान गरेका छन्। कतिपयले शिखा मह्राको एकाउन्ट ह्याक भएको हुनसक्ने आशंका पनि गरेका छन्। समाचारको अहिलेसम्म पुष्टि हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर