एमएच १७ विमान खसालिएको घटनामा रुस जवाफदेही

काठमाडौं । अस्ट्रेलियाले सन् २०१४ मा झन्डै तीन सय जनाको ज्यान जाने गरी मलेसियन एअरलाइन्सको एमएच १७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ ।

सन् २०१४, १७ जुलाइमा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ–७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो । विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो । क्यानबेरामा विमान आक्रमणमा मृत्यु भएकाको सम्झनामा आयोजित स्मारक समारोहमा विदेशमन्त्री पेनी वङले बुधबार शोकाकूल आफन्तहरूलाई भनिन्, “रुसलाई जवाफदेही बनाउने प्रतिबद्धतामा अस्ट्रेलिया विचलित हुने छैन ।”

अस्ट्रेलिया र नेदरल्यान्ड्सको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा रुसविरुद्ध मुद्दा चलिरहेको छ । रुसले घटनामा कुनै पनि संलग्नता अस्वीकार गरेको छ । विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाका लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर