ढाकामा कोटाविरोधी प्रदर्शन, नेपाली विद्यार्थीलाई चेतावनी जारी

काठमाडौं । बंगलादेशमा कोटाविरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सल्लाह जारी गरेको छ ।

राजदूतावासले बुधबार जारी गरेको सूचनामा “बंगलादेशमा जारी कोटाविरोधी प्रदर्शनमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्म बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ”, उल्लेख गरिएको छ ।

कलेज प्रशासनले कारणवश होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्थाप्रतिकूल भएमा दूतावासमा सम्पर्क राख्न पनि सूचित गरिएको छ ।

बंगलादेशको हिंसात्मक झडपमा विद्यार्थीको मृत्यु भएपछि नेपाली दूतावासले जारी गर्‍यो एडभाइजरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर