मेसीले आगामी दुई खेल गुमाउने

काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसीले मेजर सकर लिग (एमएलएस) का आगामी दुई खेल गुमाउने भएका छन्। कोपा अमेरिकाको फाइनलमा दाहिने घुँडामा चोट लागेपछि उनले बुधबार टोरन्टो एफसीविरुद्ध र शनिबार सिकागो फायरविरुद्धको खेल गुमाउने भएको मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोले बताएका हुन्।

कोलम्बियामाथि १–० को जित निकालेको खेलमा ३७ वर्षीय अर्जेन्टिनी स्टार मेसी ६४ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। ‘स्थितिको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिनेछ। उनले नतिजा पर्खनुपर्ने छ,’ मार्टिनोले भने।२३ खेलबाट १४ जित र पाँच बराबरीका साथ मियामी एमएलएस र इस्टर्न कन्फरेन्समा ४७ अंकका साथ दोस्रो स्थानमा छ। मियामीले आगामी साता एमएलएस र मेक्सिकन लिग प्रतिद्वन्द्वीविरुद्ध लिग कपको उपाधि रक्षा गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर