डोलेश्वरमा श्रावणी मेला सुरु

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं- ८ सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबारबाट श्राावणी मेला सुरु भएको छ । बिहान पौखेलस्थित पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो ।

सूर्यविनायक नगरपालिका –८ मा अवस्थित उक्त मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भाद्र ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारिक रुपमा उद्घाटन भएको हो । उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशसभाका सदस्य किरण थापाले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर