प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीले शपथ लिएका हुन्। ओलीको यो चोथो कार्यकाल हो।

आइतबार राष्ट्रपति पौडेलले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। कांग्रेस र एमालेबीच सक्ता साझेदारी भएपछि ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै शुक्रबार दाबी पेश गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर