यामललाई युरोकप- २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौं ।  स्पेनका खेलाडी लामिन यामल युरोकप- २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। स्पेनलाई चौथो पटक युरोकपको उपाधि जिताउन उच्चकोटीको प्रदर्शन गरेका १७ वर्षीय युवा खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन्। युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन्। उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए। जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए।

रोड्री उत्कृष्ट खेलाडी, ५ जनालाई गोल्डन बुट

स्पेनका मिडफिल्डर रोड्री युरोकप-२०२४ को प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्। उनी फाइनल खेलको मध्यान्तरमा चोटका कारण मैदानबाट बाहिरिएका थिए। इंग्ल्याण्डका कप्तान ह्यारी केन सहित तीन गोल गरेका पाँच खेलाडीले गोल्डेन बुट बाँडेका छन्। केनसहित स्पेनका ड्यानी ओल्मो, जर्जियाका जर्जस मिकाउटाजे, नेदरल्याण्डका कोडी गाक्पो, स्लोभाकियाका इभान श्रान्ज र जर्मनीका जमाल मुसियालाले पनि अवार्ड जितेका छन्। प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका १७ वर्षीय विङ्गर लामिन यामालले पाए। उनले जर्मनीमा चार गोलको अवसर सिर्जना र एक गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर