मौसम : कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं ।  कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यदेखि कतैकतै पूर्ण बदली छ । तर कोशी र गण्डकीका एक दुई ठाउँ बाहेक अरू ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण तर्फ अर्थात् नेपालभन्दा पर रहेकोले मनसुन सामान्य मात्रै सक्रिय हुने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन-चट्याङ्गसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आउँदा तीन दिनसम्म मनसुन सामान्य सक्रिय मात्रै रहने छ । तर यसअघि धेरै पानी परेकाले सामान्य वर्षामा पनि बाढी, पहिरो लगायतका जोखिम हुने भएकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर