स्याङजामा चितुवा मृत अवस्थामा फेला

काठमाडौं । स्याङजामा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । स्याङजाको गल्याङ नगरपालिका १ भेडावारीमा शनिबार बिहान चितुवा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चितुवालाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको राम्दी प्रहरीले जनाएको छ। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर