ओलीको समर्थनमा कांग्रेस र एमालेका १६५ सांसदको हस्ताक्षर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष दावी पेश गरेका छन् । राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नेपाली कांग्रेसका र एमालेका नेताहरु राष्ट्रपति कार्यालय पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय पुगेका एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेका १ सय ६५ सासंदहरुको हस्ताक्षर पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजे सम्मको समय दिएर प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर