यात्रुसहित त्रिशूली नदीमा बेपता बसको आज बिहानैदेखि खोजी सुरु

काठमाडौं ।  चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज शनिबार बिहानैदेखि सुरु गरिने भएको छ । दुई बस शुक्रबार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम सुरु गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रबारका लागि स्थगित भएको थियो । बिहानैबाट खोजिए पनि बेपत्ता बस साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर