जन्ती बोकेको जिप नहरमा खस्दा दुईजनाको मृत्यु, मर्स्याङ्दी नदीको पानी बस्तीमा

काठमाडौं । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका धरमपुरबाट सर्लाहीतर्फ जाँदै गरेको स्करपियो जिप अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि काठमाडौंका कुलबहादुर श्रेष्ठ र सर्लाहीकी श्वेता पण्डितको मृत्यु भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए । गाडीमा १२ जना सवार थिए ।

भत्किएको पर्खालबाट मर्स्याङ्दी तालगाउँमा पस्यो

मनाङको नासो गाउँपालिका-१ तालगाउँमा भत्किएको पर्खालबाट मर्स्याङ्दी नदीको पानी बस्तीमा पसेको छ । विसं २०७८ असार १ गतेको बाढीपछि बस्ती जोगाउन लगाएको पर्खाल भत्किएको थियो । बिहीबार रातभर परेको वर्षापछि पर्खाल भत्किएको स्थानबाट बस्तीमा पानी पसेको हो ।

घाँसीकुवा सडकखण्ड सात घण्टापछि खुल्यो

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर