त्रिशूली नदीमा ६५ यात्रुसहित बगाइएको बसको खोजी कार्य तीव्र

काठमाडौं । पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसको खोजी कार्य सुरु भएको छ । बसमा सवार ६५ जना यात्रु समेत बेपत्ता रहेका छन् । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं। २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।

वीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको बताइउको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन गरिएको छ । साथै अहिले मुग्लिन नारायणगढ सडक अवरुद्ध रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर