उपाधिका लागि क्रेचिकोभा र पाओलानी भिड्ने

काठमाडौं। विम्बल्डनको महिला एकल उपाधिका लागि चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभा र इटालीकी जस्मिन पाओलानी भिड्ने भएका छन्। क्रेचिकोभा बिहीबार पूर्वविजेता एलेना रेबकिनालाई पराजित गर्दै उपाधिनजिक पुगेकी हुन्। उनले ३–६, ६–३ र ६–४ को सहज जित हासिल गरिन्।

उनी दोस्रोपटक ग्रान्ड स्लाम फाइनलमा पुगेकी हुन्। यसअघि उनले सन् २०२१ को फ्रेन्च ओपन जितेकी थिइन्।यता, पाओलोनीले भने डोना भेकिचलाई २–६, ७–४ र ७–६ ले पाखा लगाइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर