नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढ्यो

काठमाडौं ।  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेको छ । नेप्से १.३४ प्रतिशतले बढेर २२०४.६१ को विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घट्दा १२ को स्थिर छ । सबैभन्दा धेरै जीवन बीमा क्षेत्रको समूहगत परिसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूहको समूहगत परिसूचक २.४२ प्रतिशतले बढेको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर