धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालनमा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काभ्रेले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालनमा निषेध लगाएको छ । निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा वर्षाका कारण सडक क्षति भएको र यसको मर्मत सम्भार कार्य गर्नका लागि सो सडकमा ट्रिपर सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडकमा यातायातलाई सहज रुपमा सञ्चालन गराउन सडक डिभिजन कार्यालय भक्तपुरले प्रशासन कार्यालय काभ्रेमार्फत जारी गरेको पत्रमा सडक मर्मत कार्य अघि बढाइने र मर्मत कार्य समय अवधिभर सडकमा ट्रिपर सञ्चालनमा निषेध गराउनेबारे उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म सडकमा ट्रिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । वर्षाको सडक हिलाम्मे हुँदा बुधबार बिहानदेखि नै राजमार्ग सवारी आवगमनमा ठप्प भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर