पहिरो खस्दा पृथ्वी र मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं ।  पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलानजिक सडकमाथिबाट बिहीबार बिहान ढुंगा, लेदोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ ।

बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो । कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर