एलपी ग्यासमा दुईथरी मूल्य कायम गरी घरायसी उपभोक्तालाई ‘क्यास ब्याक’ दिने तयारी

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासमा दुईथरी मूल्य कायम गर्ने तयारी गरिरहेको छ । निगमले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले दुुई थरी मूल्य कायम गर्नेगरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए । उपभोक्तालाई सहुलियत दिनका लागि दुुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेका छौैं”, उनले भने ।

राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई सहुुलियत दिने तयारी निगमको योजना छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूूल्य हुुँदा उपभोक्ता मारमा परेका छन् । हाल बजारमा एलपी ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ रहेको छ । दुई थरी मूल्य निर्धारण भएमा एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ ।

उद्योग वािणज्य तथा आपूूर्ति मन्त्रालयका तत्कालीन सहसचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा गठित समितिको सुझाव प्रतिवेदनका आधारमा निगमले परल मूल्य कायम गरी घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा नगद फिर्ता दिने तयारी अगाडि बढाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर