रास्वपालाई रवि लामिछानेको क्लबबाट मुक्त गर्छौं : डा. ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का पूर्वमहामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रवि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । डा. ढकालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि पटीसभत्र विवाद भएको बताए ।

आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लब जस्तो गरी चलाएको आरोपसमेत लगाए । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रूपमा हाइज्याक गरेर चलाइरहेको आरोप लगाउँदै रवि लामिछानेको क्लबबाट रास्वपालाई मुक्त गराउने दृढता व्यक्त गरे ।

ढकालले आफूलाई प्रचलित कानुनविपरीत कारवाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐनअनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकिर गरे । उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइँदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिलेपनि पार्टीको महामन्त्री रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर