संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने एमालेको निर्णय

काठमाडौं ।  नेकपा एमालेले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार गठन हुने निर्णय गरेको छ । एमालेको सचिवालय बैठकले बुधबार संविधान अनुसार ७६(२) अनुसार सरकार गठन गर्न कुनै बाधा नहुने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अब असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने र केपी शर्मा ओली सहजै प्रधानमन्त्री बन्ने पनि ज्ञवालीले बताए ।

कोशी प्रदेशको विषयमा सर्वोच्च अदालतको नजिर पनि विश्वासको मत नपाए ७६(२) अनुसार नै सरकार गठनमा बाधा नपर्ने रहेको उनले बताए । बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बराबरीको हैसियतमा सरकारमा सहभागिता रहने पनि बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर