काठमाडौंमा झरी, देशभर मध्यम वर्षाको सम्भावना

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । काठमाडाैंसहित बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । साथै कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुनेछ । राति भने देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर