स्पेन युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । स्पेन युरोकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्पेन ले फ्रान्सलाई २–१ गोलले हराएको हो । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा भने फ्रान्सले अग्रता लिएको थियो ।

आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए । अब उपाधिको लागि स्पेनले इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच हुने खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज राति नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर