आज मंगलबार नेप्से परिसूचकमा वृद्धि

काठमाडौं ।  आज मंगलबार नेप्से परिसूचक बढेको छ ।  आज १५.७९ अंकले बढेर नेप्से परिसूचक दुई हजार १५२.१४ बिन्दुमा बजार बन्द भएको छ । नेप्से अघिल्लो साताको सोमबारदेखि निरन्तर बढेदै गएकोमा सोमबार सामान्य करेक्सन भएको थियो । हिजो नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १३६.३५ विन्दुमा बन्द भएको थियो । कांग्रेस र  एमालेबीच सहकार्य भई एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने समाचारले शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । अघिल्लो साताको सोमबार यता ११६ अंकले शेयर बजार बढेको छ ।

आज लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  जसमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार आठ सय ६७ सय पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त संस्थाको १० प्रतिशतले बढेर दुई हजार ५ यस ५९ रुपैयाँ पुुगेको छ ।  आज कारोबार रकम पनि बढेको छ । यसदिन ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर