भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डु तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका थिए । स्कुटर ठोक्किँदा बागमती प्रदेश–०२–०२२ प १७४८ का चालक सूर्यविनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीय राजाराम थापामगर गम्भीर घाइते भएका थिए । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अर्का स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर