युरोकपको सेमिफाइनलको पहिलो खेल आज राति हुँदै

काठमाडौं । युरोकपको सेमिफाइनलको पहिलो खेल आज राति हुँदैछ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समयअनुसार राति १२ः ४५ बजे सुरु हुनेछ । स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २(१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै फ्रान्सले क्वार्टरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले अपराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेकोछ । त्यस्तै दुवै बीचका ७ खेल बराबरीमा सकिएको छन् । युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्सभन्दा स्पेन अगाडि देखिएको छ । स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ । तर क्वार्टरफाइनलमा उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ । त्यस्तै फ्रान्सका लागि सबै भन्दा बढी चिन्ताको विषय कप्तान किलीयन एम्बाप्पेको प्रदर्शन हो । एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन् । फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोलबाहेक अन्य अफिसियल गोल गरेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर