पूर्वमा भारी वर्षा : सुनसरी, मोरङका अधिकांश स्थान जलमग्न

काठमाडौं । देशको पूर्वी भागमा अत्यन्त सक्रिय रहेको मनसुनी भारी वर्षाका कारण कोशी प्रदेशका सुनसरी र मोरङ जिल्लाका अधिकांश स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा, धरान इटहरी मोरङको केराबारी, लेटाङ र सुन्दर हरैचामा अहिले मुसलधारे वर्षा भइरहेको छ । लगातार भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । सुनसरीको सेउती, सर्दु , टेंग्रा र बूढी खोलामा भेल बाढी उर्लिएको छ । यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलियामा पनि बाढी आएको छ ।

टेंग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगरका सडकमा बाढी बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगमा पानी पसेको छ । बाढीका कारण केही उद्योग बन्द भएका छन् । (तस्बिर प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर