डा. मुकुलको रास्वपाको राजनीतिक यात्रा समाप्त हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको बताइएको छ । ढकाललाई सोही विषयमा कारबाही गर्ने विषयमा छलफल पनि भइरहेको छ ।

अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णयमाथि सम्मति जनाउने ढकालविरोधी एक नेतले बताए । यसअघि ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो । आजको केन्द्रीय समितिले कारबाही गर्‍यो भने ढकालको रास्वपाको राजनीतिक यात्रा प्रायः समाप्त हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर