भारतको जम्मु-कश्मीरमा आतंकवादी आक्रमणमा ५ सैन्य जवान मारिए

काठमाडौं । भारतको जम्मु-कश्मीरमा सैनिक गाडीमा भएको आक्रमणमा ५ सैन्य जवान मारिएका छन् । कठुआमा भएको आक्रमणमा अरू ५ जना घाइते भएका छन्। पाँच दिनको अवधिमा जम्मु-कश्मीरमा दोस्रो पटक यस्तो आक्रमण भएको हो। अधिकारीहरुका अनुसार सैन्य वाहनमा आतंकवादी समूहले पहिले बम प्रहार गरेर अन्धाधुन्ध गोली चलाएको थियो। जम्मु-कश्मीरको कुलगाममा दुई दिनअघि भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएको थियो।

उक्त आक्रमणका क्रममा आतंकवादी समूहका ६ जना मारिएका थिए। जम्मु-कश्मीरका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता निरन्तर आक्रमणका घटना भइरहेका छन्। आतंकवादी समूहले सेनाको गाडी लक्षित धराप थाप्ने र गोली चलाउने गरेको छ। यस्तो आक्रमणमा स्थानीयले समेत आतंकवादीलाई सहयोग गरेको आरोप छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर