टेलिकमको रिचार्ज सेवा अवरुद्ध हुने सूचना

काठमाडौं । नेपाल टेलिकमले मोवाइल सेवामा आज राति रिचार्ज नहुने जनाएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर