असार २८ गतेसम्म मन्त्रालयको भागबन्डा टुंगो लगाइने

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् । संसद् भवनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कांग्रेससँगको समझदारीअनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुंगोमा नपुगेको बताए ।
उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाउने गरी छलफल हुने उल्लेख गरे । प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबन्डाको विषय टुंगिन केही समय लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर