सुन प्रतितोला चार सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर