कञ्चनपुरमा यो वर्ष नेपालमा ७७ वर्षयताकै दोस्रो ठूलो वर्षा

काठमाडौं । यो वर्ष नेपालमा ७७ वर्षयताकै दोस्रो ठूलो वर्षा भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा शनिबार राति (जुलाई ७) १२ बजेदेखि आइतबार राति १२ बजेसम्म अति भारी वर्षा हुँदा ७७ वर्ष यताकै दोस्रो धेरै/ठूलो वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटरसम्म वर्षा मापन भएको छ । वर्षाको यो रेकर्ड हालसम्मकै दोस्रो ठूलो हो ।

यसअघि दोस्रो धेरै वर्षाको रेकर्ड कैलालीको चिसापानीमा रेकर्ड भएको थियो । चिसापानीमा सन् २०१४ अगस्ट १५ मा ४९९.८ मिलिमिटर वर्षा भएको विभागजनाएको छ ।  कञ्चनपुरमा भएको वर्षाले चिसापानीको यो रेकर्डलाई उछिनेको छ । यसअघि, मञ्चनपुरको महेन्द्रनगरमा सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ । नेपालमा हालसम्म सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर