आज सोमबारदेखि मनसुनको सक्रियतामा कमी आउने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारदेखि न्यून चापीय रेखा क्रमिक रूपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सक्रियतामा कमी आउने बताएको छ । आज सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । तसर्थ, वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर