ओली नेतृत्वको सरकार धारा ७६ (२) अनुसारनै बन्छ : लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने बताएका छन् । संसदीय दलको शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।’
उनले संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिलाई समर्थन गरेको पनि बताए । नेता लेखकले पहिलो चरणमा ओली र दोस्रो चरणमा सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने गरी कांग्रेस–एमालेबीच भएको सहमति कार्यान्वयनको पक्षमा बैठकले दृढता व्यक्त गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर