मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री सिंहले शनिवार मधेश प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् । १०७ सदस्यीय प्रदेशसभामा शनिवार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् । बैठकमा १०१ जना उपस्थित भएकोमा उनको विपक्षमा ३४ मत परेको थियो ।

मुख्यमन्त्री सिंहलाई आफ्नै दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर