नारायणी नदीको बहाव यो वर्षकै उच्च

काठमाडौं । नारायणी नदीमा आजदेखि पानीको बहाव बढ्न थालेको छ । त्रिवेणी गण्डक व्यारेजमा आज बिहान ११ बजे गरिएको मापन अनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ । नदीको बहाव यो वर्षकै उच्च हो । यस वर्ष पानी धेरै पर्ने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र सुस्ता गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा का गाउँका बासिन्दा त्रसित भएका छन् । बाढी नियन्त्रणको लागि भारतले गर्नुपर्ने मर्मतसम्भारको काम नगर्दा नेपाली भूमिमा बाढीको जोखिम बढेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर