अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाडौं ।  साविक विजेता अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेको हो । इक्वेडर समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम आठमा पुग्दा उपाधि दावेदार अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक उपाधि उचालेको छ भने १४ पटक उप-विजेता बनेको छ । इक्वेडर भने हालसम्म कोपा-अमेरिकाको सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिका पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर