भक्तपुर घुम्न आउने पर्यटक विद्युतीय म्यापबाट लाभान्वित हुने

भक्तपुर । होटल एसोसिएसन अफ भक्तपुर र गल्ली एक्सप्रेस म्याप प्राइभेट लिमिटेडबिच भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्न एक समझदारी-पत्रमा हस्ताक्षर भएको छ । भक्तपुरमा आज शुक्रबार आयोजित एक समारोहका बिच उक्त समझदारी-पत्रमा होटल एसोसिएसन अफ भक्तपुरका अध्यक्ष सत्यराम सुवाल र गल्ली एक्सप्रेस म्याप प्राइभेट लिमिटेडका सिइओ राज विक्रम महर्जनले हस्ताक्षर गरेका छन् ।

समझदारी-पत्रको मुख्य उद्देश्य भक्तपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई विद्युतीय नक्सामार्फत सम्पदा क्षेत्रको समूल जानकारीका साथै भक्तपुरको अद्वितीय संस्कृतिका सम्बन्धमा अथाह जानकारी उपलब्ध गराउने रहेको छ ।

सो विद्युतीय नक्सामार्फत स्वदेशी तथा विदेशी पर्यटकहरूलाई भक्तपुरका पर्यटकीय क्षेत्रमा उपलब्ध सेवा र सुविधाका सम्बन्धमा विशेष जानकारी दिइने छ । यो सेवा निकट भविष्यमा प्रत्येक पर्यटकले उपयोग गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर