प्रतिनिधिसभामा आइतबार राजीनामा घोषणा गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा राजीनामा दिएको घोषणा गर्ने भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको सीमिति मन्त्रीहरूको उपस्थितिमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले “दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैँन । आइतबार संसद बैठकबाट राजीनामा दिन्छु । माओवादी अब प्रतिपक्षमा बस्न तयार छ,” भनी आफ्नो धारणा व्यक्त गरेको एक मन्त्रीले बताए ।
तर हिजो नै मन्त्रीपरिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माल भनिएकी थिइन्, “सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।”

संसदबाट विश्वासको मत नपाउने निश्चित हुँदा समेत प्रचण्डले पदमा बसिरहनु उचित नभएको भन्दै चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले पदबाट राजीनामा दिए पछि सभामुख देवराज घिमिरेले त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउने छन् । उक्त जानकारीपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

नयाँ सरकार गठनको आह्वान गरिएपछि कांग्रेस र नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्दै बहुमतको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर