“सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन”

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएकी छन् । सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै भनिन् ,“‘ सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । बैठकमा प्रधानमन्त्रीले संवैधानिक, कानुनी व्यवस्थाअनुरूप संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं ।” प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले बुधबार समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर