लुम्बिनीका मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । आज बेलुका ६ बजे मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो निवासमा मन्त्रीहरुको बिदाइ भोजसमेत आयोजना गरेका छन् ।

मुख्यमन्त्रीनिवासमा पुगेर सरकारबाट बाहिरिएको जानकारी दिने तयारी रहेको एमालेबाट सरकारको नेतृत्व गरेको दल नेकपा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बताए । केन्द्रमा एमाले र कांग्रेसको नयाँ समीकरण बनेपछि लुम्बिनीमा पनि त्यसको प्रभाव देखापरेको हो । प्रधानमन्त्रीलाई दवाव दिन प्रदेश सरकारमा सहभागी एमालेले तीव्रताका साथ समर्थन फिर्ता गर्न थालेको देखिन्छ । २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर