निर्वाचन आयुक्तको सुनुवाइ स्थगित

काठमाडौं ।  प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएको ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।  ‘अहिलेका लागि विचार विमर्शका लागि थप समय चाहिने भएकाले सुनुवाइ स्थगित भएको छ’, उनले भने, ‘थप समय लिने भन्ने निर्णय बैठकले गरेको छ । कति समय भन्नेचाहिँ छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर