अख्तियारका आयुक्तको घरमा डोजर चलाएपछि मेयर चिरिबाबुलाई पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्य र ललितपुर महानगरपालिकाका प्रमुखबिच अहिले व्यक्तिगत रिसइबीजस्तै देखिएको छ । ललितपुरको वडां १० चाकुपाटमा आयुक्त अमात्यले गुठीको सार्वजनिक जग्गा मिचेर गेट र पर्खाल बनाएको उक्त गेट पर्खाल भत्काउन सहमति भएपनि अटेर गर्दै आएकाले हिजो मंगलबार चिरिबाबु स्वयं उपस्थित भएर डोजर चलाउन निर्देशन दिएका थिए ।
डोजर चलाएको केही घन्टाभित्रै मेयर महर्जनलाई अख्तियारको पत्र आएको छ । तर पत्रको विषयवस्तु भने डोजर चलाइएको होइन । अख्तियारले गत वर्ष बाढीपहिरो पीडितका नाममा महानगरलाई हानीनोक्सानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारको भनाइ छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ । आयुक्त अमात्यको घरमा डोजर चल्नु र मेयर महर्जनलाई अख्तियारको पत्र आउनु संयोग हो कि ? नियोजित ? आगामी दिनमा स्थिति प्रस्ट हुँदै जाने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर