रास्वपा महामन्त्री डा. मुकुल ढकाल ७ दिन निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो । पार्टी उपसभापति डोलप्रसाद अर्यालले ढकाललाई थम्याएको पत्रमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।

पार्टी उपसभापति अर्यालले ढकाललाई दिएको पत्रमा भनिएको छ–’मिति २०८१/०३/१९ गते बसेको केन्द्रीय समिति बैठकमा तपाईंले पार्टी अनुशासनविपरीत अभद्र अशोभनीय अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख)  तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी  सात दिनका लागि निलम्बन गर्ने निर्णय गरिएको कुरा व्यहोरा जानकारी गराइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर