सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अकंले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको छ । आज बुधबार ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई फाइनान्सका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर