प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरे एमाले मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बुधबार साँझसम्ममा मार्ग प्रशस्तका लागि राजीना नगरेमा आफ्ना पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने बताएका छन् ।

सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै बर्तौलाले भने, “प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ । साँझसम्म त्यो निर्णय हुन्छ ।” एमाले सचिवालयको मंगलबार बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्तका लागि आजसम्म राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो तर कांग्रेस र एमालेको आग्रहलाई माओवादी केन्द्रले सुनेको जस्तो गरेको नेपाली राजनीतिक पटलमा देखिएको छैन । माओवादीका नेताहरू प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा जानुपर्ने मनिस्थिति बनाएर बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर