कांग्रेस कार्यसम्पादन समितिद्वारा एमालेसँगको सहमतिको स्वागतसहित अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको घरमा आज बुधबार बसेकोले एमालेसँग सत्ता सहकार्यको समझदारीलाई स्वागतसहित अनुमोदन गरेको हो ।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सरकारको नेतृत्व सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ ।’ ‘सरकार  सुरुमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मूल विषय यही हो ,’ डा. महतले स्पष्ट पारे । कांग्रेसले दुई ठूला दल मिलेर सरकार बनाउन सहमति भएको भन्दै मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर