सोह्रखुट्टेमा सडक भासिएर जात्रा

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बिहान करिब ५ः३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको थियो । आज बुधबार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि उक्त भासेको सडकको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।

भासिएको सडकको खाल्डोबाट पानी बाहिर निस्किएको छ, ठुलो आवाज पनि आएर सडक भासिएकाले पानीको मूल फुटेको हुनसक्ने अनुमान गरिएको छ । जुद्ध शम्शेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दासमेत उक्त खाल्डोबाट पानी आउन बन्द नभएपछि मूल फुटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर