सुन प्रतितोलामा ४ सय रुपैयाँ वृद्धि
काठमाडौं । आज बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा आज बुधबार १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको हो । त्यस्तै चाँदीको भाउमा पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ रहेको चाँदी आज १८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया