रास्वपा महामन्त्री डा. ढकालको विरोधको यो शैली…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो मुखमा माक्स लगाएर त्यमाथि क्रस चिह्न अंकित कालो टेप टाँसेर विरोध जनाएका छन् । उनको यो विरोध रास्वपाको केन्द्रीय कार्यसमितिको गतिविधि प्रत्यक्ष प्रसारण नगरिएकोमा आक्रोशसरह हो ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बुधबार बिहान बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेकोमा डा. ढकालको मागलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोधस्वरूप कालो टेप मुखमा टाँसेका हुन् । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने उल्लेख छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर